Breaking News.... EverestOnlineKhabar
May 4, 2026

अमेरिकी राष्ट्रपति ट्रम्प रक्षा बजेटमा बृद्धि गर्दै

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लागेका छन् । उनले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गरेका छन्। कङ्ग्रेसले सो बजेट पारित गर्न त बाँकि नै छ, तर पनि राष्ट्रति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लागेको रक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोष्टले जनाएअनुसार सो बजेट यदि पारित भयो भने यसवर्षको अर्थात् सन् २०१८ को भन्दा कम्तीमा पनि ७ प्रतिशतले बढी हुनेछ।

राष्ट्रति ट्रम्पको यस आग्रहलाई अमेरिकी रक्षा मन्त्रालयले मनन गरिरहेको बताइएको छ । सो प्रस्ताव बमोजिम नै बजेट निर्माण हुने वा बजेट कङ्ग्रेसले पारित गर्ने हो भने अघिल्ला वर्षको तुलनामा निकै धेरै बजेट बढ्ने अनुमान गरिएको छ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले गतहप्ता गरेको प्रस्ताव बमोजिम यो बजेट आउन लागेको अनुमान गरिएको छ। उनले गतहप्ता राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गर्नेक्रममा अमेरिकी सरकारले सेनाको सशक्तिकरण गर्ने योजना बनाएको र त्यसका लागि अहिलेको रक्षा बजेट अपुग हुने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed