![]()
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पारेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंमा संचारकर्मीहरुसंगको अन्तक्रियामा भने, ‘ कांग्रेसले आधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव गरेको छैन । ’
प्रवक्ता शर्माले जनमतअनुसार नयाँ सरकार गठन गर्न बाम गठबन्धनलाई शुभकामना पनि दिए । उनले बामगठबन्धन फुटाउन कांग्रेस नेताहरु लागेको बामगठवन्धनको आरोपको खण्डन समेत गरे ।
निर्वाचनको समीक्षाका लागि केही दिनभित्रै पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाउने जानकारी पनि उनले दिए । प्रवक्ता शर्माले पार्टीको नेतृत्व ‘एज’ले नभई ‘एजेन्डा’ले गर्ने तर्क गरे ।


