![]()
कठमाडौं । नेपाल टेलिकमले २८ महिनाभित्रमा देशभर फोरजी सेवा सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको छ । टेलिकमले आफनो १०औं वार्षिक साधारणसभाको अवसरमा बिशेष कार्यक्रम गर्दै यो प्रतिबद्धता जनाएको हो ।
टेलिकमका अध्यक्ष केदारबहादुर अधिकारीले मूल्यांकन समिति नै बनाएर २८ महिनाभित्र देशभर फोरजी सेवा सञ्चालनका लागि आवश्यक काम सुरु गरिएको जानकारी दिए । सूचना तथा संचार मन्त्रालयका सचिवसमेत रहेका उनले नौ महिनाभित्र फोरजी सेवाका लागि प्राविधिक काम सम्पन्न गरिसक्न पनि टेलिकम व्यवस्थापनलाई निर्देशन दिइएको बताए ।
नेपाल टेलिकमले यो वर्ष १५ अर्ब ३७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।


