Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सिरियाको राजधानी दमाश्कसबाहिर ‘क्लोरिन’ आक्रमण

Loading

बिबिसि । सिरियाको राजधानी दमासकसको बाहिरी इलाकास्थित घेराबन्दीमा रहेको विद्रोही नियन्त्रित क्षेत्रमा क्लोरिन ग्यास हमला गरिएको छ ।

दैनिक बमबारी हुने गरेको पूर्वी गुटा क्षेत्रमा क्षेप्यास्त्र आक्रमणपछि क्लोरिन ग्यासको गन्ध आएको थियो । स्वास्थ्यकर्मीले ६ जनालाई श्वासप्रश्वाससम्बन्धी सामान्य समस्या भएपछि उपचार गरिएको बताएका छन् ।

करिब ४ लाख स्थानीयबासिन्दा रहेको उक्त क्षेत्र सन् २०१३ यता रूसको समर्थन पाएको सरकारी फौजको घेराबन्दीमा रहिआएको छ ।
सिरियामा गृहयुद्ध शुरु भएयता क्लोरिन ग्यास हमला भएको थुप्रै खबरहरू आएका छन् । तर सरकारले भने आफूले त्यस्तो कुनै रासायनिक ग्यास प्रयोग गरेको भन्ने विषय अस्वीकार गरेको छ ।

ज्यानुअरी १० मा संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयले हवाई र स्थल आक्रमणले पूर्वी गुटामा डिसेम्बर ३१ यता कम्तीमा ८५ जना सर्वसाधारणको ज्यान गएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed