![]()
काठमाडौ,पुस ।
नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको चुनाब, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणको लागि गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने तयारी भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको चुनावमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेस गर्ने छ ।


