Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौ,पुस ।
माओवादी केन्द्रका मन्त्रीहरू आजदेखि सरकारबाट फिर्ता हुँदैछन् । सरकारमा गएको आठ महिनापछि माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता हुन लागेका हुन् ।
माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीबाट फिर्ता पठाउन आज पत्र पठाउने माओवादीका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएपनि माओवादी मन्त्रीहरुले राजीनामा गरेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed