Breaking News.... EverestOnlineKhabar
April 30, 2026

राष्ट्रिय कबड्डीमा पुरुष र महिला दुबैतर्फ नेपाल आर्मी फाइनलमा

Loading

बर्दिया । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कप कवड्डी प्रतियोगिताको पुरुष तथा महिला दुबै तर्फ नेपाल आर्मी फाइनलमा प्रवेश गरेको छ ।

आर्मी पुरुष तर्फ मध्यमाञ्चललाई ५०–२१ र महिला तर्फ नेपाल प्रहरीलाई ५१–२४ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
बर्दियाको भुरिगाउँमा आयोजित राष्ट्रिय प्रतिस्पर्धामा पुरुष तर्फ पश्चिमाञ्चलले पनि शसस्त्र प्रहरीलाई हराउँदै फाइनलमा पुगेको छ । शसस्त्र प्रहरीलाई ४१–२४ अंकले पश्चिमाञ्चलले पराजीत गरेको हो ।

सेमी फाइनल सकिए लगत्तै पुरुष तर्फ आर्मी र पश्चिमाञ्चल महिला तर्फ आर्मी र सुदूरपश्चिम वा मध्यमाञ्चलविच फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed