![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति भएकाले सबैले उनको इज्जत गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रनिर्माता शाहको २९६ औँ जयन्तीको अवसरमा नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
सिंहदरबार अगाडि पृथ्वीनारायणको शालिकमा माल्यार्पपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उहाँ पुग्नु भएको थियो । त्यसक्रममा उहाँले भन्नुभयो, ‘पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति हुन, उनको हामी सबैले सम्मान गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषयमा लामो समयदेखि भएको प्रयास यो वर्ष मात्र सफल भएको बताउनुभयो ।


