![]()
काठमाडौं । सशत्र प्रहरीको एपीएफले राखेप च्याम्पियनसिप अन्तर्गत १६ औं राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको छ । सुपर लिग अन्तर्गत बिहिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
सुपर लिगको अन्तिम खेलमा एपीएफलाई उपाधि दिलाउन सावित्रा भण्डारीले २ तथा सरु लिम्बूले एक गोल गरे । पुलिसकी रुपा मगरले एक गोल फर्काइन् ।
प्रतियोगिताको सुपर लिगमा अपराजित रहँदै एपीएफले उपाधि जितेको हो । एपीएफले सुपर लिगमा ९ अंक जोड्यो । उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले १ लाख प्राप्त गर्यो ।


