![]()
काठमाडौं । कार्य सम्पादन मूल्याङ्कन फाइल किर्तेको अभियोगमा अनुसन्धानको दायरमा रहेका पूर्व डिआइजी तथा एमालेका बिजयी उम्मेदवार नवराज सिलवाललाई प्रहरीले खोजी गरे पनि पत्ता लगाउन असक्षमा भएको छ ।
ललितपुर प्रहरीले सिलवाललाई जति खोजे पनि भेटन नसकेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएको छ । ललितपुर गोदावारी स्थायी ठेगाना भएका सिलवाल मलेशिया गएको हल्ला चलेपनि त्यो सत्य नभएको थाहा हुन आएको छ ।
सर्बोच्च अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवाल माथि सोधपुछ र बयान लिनुपर्ने भन्दै पत्र काटेको थियो। सिलवाल घरमा तथा सम्पर्कमा नरहेको भन्दै पत्र थमाउन सकेको छैन ।
सिलवालले आफू मलेशिया गएको जानकारी केही व्यक्तिलाई दिएपनि त्रिभुवन विमानस्थल अध्यागमन विभागको रेकर्डमा उनी मलेशिया गएको कुनै बिवरण उल्लेख छैन ।


