Breaking News.... EverestOnlineKhabar
May 1, 2026

भारतीय क्रिकेटर युसुफ पठानलाई प्रतिवन्ध

Loading

एजेन्सी । प्रतिबन्धित लागू औषध प्रयोग (डोपिङ) गरेको पाइएपछि भारतीय क्रिकेटर युसुफ पठानलाई प्रतिवन्ध लगाइएको छ ।
पछिल्लो एक घरेलु प्रतियोगिताका क्रममा उनले प्रतिबन्धित लागूऔषध प्रयोग गरेको पुष्टि भएको हो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) ले हाल भारतको बरोडाको टोलीबाट खेलिरहेका युसुफलाई प्रतिबन्धित औषधि प्रयोग गरिएको पाइएपछि ५ महिनाको प्रतिबन्ध लगाइएको छ ।

बिसिसिआइले विज्ञप्ति जारी गर्दै घरेलु टी–२० प्रतियोगिताका क्रममा १६ मार्च २०१७ मा लिइएको पिसाबको नमुनाको चेकजाँचका क्रममा पठानले प्रतिबन्धित लागूऔषध प्रयोग गरेको भेटिएको उल्लेख गरेको छ ।

नमुना चेकजाँच पश्चात गत अगष्ट १५ देखि यही जनवरी १५ सम्म पठानलाई क्रिकेटका कुनै पनि गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएको बिसिसिआइले जनाएको छ ।

पठानले भने आफू अस्वस्थ्य हुँदा ब्रोजिट नामको औषधी सेवन गरेको र उक्त औषधि प्रतिबन्धित नभएको प्रतिक्रिया दिएका छन् । आफू सँधै निष्पक्ष खेलको पक्षमा रहेको बताउँदै उनले उक्त औषधि प्रतिबन्धित भएको थाहा नपाएर मात्रै सेवन गरेको बताएका छन् ।
पठानले भारतका लागि ५७ वटा एकदिवसीय र २२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed