Breaking News.... EverestOnlineKhabar
May 1, 2026

कांग्रेसका नवनियुक्त प्रवक्ता शर्माले भने–‘बिशेष महाधिवेशनको आवश्यकता छैन । ’

Loading

काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले पार्टी केन्द्रीय समितिको बैठकपछि मात्र महासमिति बैठक बोलाउने स्पष्ट पार्नुभएको छ ।

प्रवक्ता भएकै दोस्रो दिन पार्टी कार्यालय सानेपामा पत्रकार भेटघाट गर्दै नेता शर्माले पार्टीमा केही व्यक्तिले विशेष महाधिवेशन बोलाउने आवाज उठाएपनि त्यसको आवश्यकता नरहेको बताउनुभयो ।

शर्माले भन्नुभयो, ‘पार्टीको साझा धारणा नबनेसम्म व्यक्तिगत रूपमा विभिन्न नेताका धारणा आइरहन्छन् तर ती आधिकारिक भने होइनन्, आवेगले हैन विवेकले पार्टी चलाउनु पर्छ । ’

प्रवक्ता शर्माले पार्टी र सरकार दुवैको नेतृत्व गर्न सभापतिसमक्ष रहेकाले र अहिले सभापतिज्यू व्यवहारिक रूपमै सरकार हस्तान्तरणमा लागेको जानकारी दिनुभयो । उहाँले केन्द्रीय समिति बैठक बोलाउन ढिला भएकोसमेत स्वीकार गर्नुुभयो ।

सरकारसामु अहिले प्रदेश राजधानी तोक्ने, प्रदेश प्रमुख नियुक्त गर्ने, राष्ट्रिय सभाको निर्वाचन गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी बाँकी रहेको बताउँदै उहाँले डा. गोविन्द केसी संवैधानिक मूल्यमान्यता र कानुनी प्रक्रियाअनुसार नै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed