![]()
एजेन्सी । सन् २०१८ को सेप्टेम्बर महिनामा जर्जियामा आयोजना हुने चेस ओलम्पियाडमा भारतका ग्य्रान्ड मास्टर विश्वनाथन आनन्दले प्रतिस्पर्धा गर्ने भएका छन् । यसभन्दा एघार वर्ष अघि अर्थात् सन् २००६ मा चेस ओलम्पियाडमा आनन्दले सहभागिता जनाएका थिए ।
हालै सम्पन्न वल्र्ड रेपिड चेस च्याम्पियन जितेपछि आनन्दलाई अलइन्डिया चेस फेडेरेसनले पाँच लाख रुपैयाँसँगै सम्मान गरेको थियो । सो अवसरमा आनन्दले चेस ओलम्पियाडमा सहभागिता दिने खुलासा गरेका थिए । आनन्दले फेडेरेसनको अनुरोध स्वीकार गर्दै प्रतियोगिता खेल्ने कुरामा मञ्जुरी दिएका थिए ।
चेस ओलम्पियाडमा भारतको सबैभन्दा राम्रो प्रदर्शन सन् २०१४ मा रहेको थियो । त्यसबेला भारतले कांस्य पदक जित्न सफल भएको थियो । यतिबेला आनन्द भारतीय टिमको सदस्य बनेपछि अहिले पदकको निकै आशा गरिएको छ ।


