![]()
काठमाडौं । मधेश आन्दोलनको प्रतिवेदन सरकारले लुकाएको भन्दै राजपा नेपालले गम्भीर असन्तुष्टि प्रकट गरेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेश–थरुहट आन्दोलन सम्बन्धी छानविन प्रतिवेदन सरकारले लुकाएको ठहर गर्दै तत्काल सार्वजनिक गर्न माग गरेको हो । राजपाको अध्यक्ष मण्डलको बैठकमा यसविषयमा गम्भीर छलफल भएको छ ।
अध्यक्षहरुले बैठकमा सरकारले प्रतिवेदन लुकाउन खोजेको आरोप लागाउर्दै तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको छानविन आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको महिनौं बित्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।
प्रतिवेदन सार्वजनिक नहुँदा विभिन्न शंका उत्पन्न समेत भएको राजपाको ठम्याई छ ।


