![]()
काठमाडौं । एक बालिकालाई यौन दुराचार गरेको अभियोगमा नेपाली सेनाका मेजर (सेनानी)लाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरले मेजर प्रभवविक्रम शाहलाई पक्राउ गरेको हो । शाहले आफन्तको घरमा एक बालिकालाई अप्राकृतिक यौन गतिविधि गराएको भन्दै पीडितको उजुरी परेपछि शाहलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका शाहलाई जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धानअघि बढाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएकोछ ।
पक्राउ परेका मेजर २३ नम्बर बाहिनी बाग्लुङमा कार्यरत छन् ।


