Breaking News.... EverestOnlineKhabar
May 2, 2026

सुदूरपश्चिमका ईन्जिनियर र सब इन्जिनियरहरुलाई टनेल बोरिंग मेसिनबारे जानकारी

Loading

कैलाली । नेपाल इन्जिनियर्स एसोसियएसन धनगढीले टनेल बोरिंग मेसिनको निर्माण पद्धती र निर्माणको गुणस्तर सम्बन्धमा बृहत छलफल गरेको छ ।

सुदूरपश्चिमाञ्चल क्षेत्रीय सिचाई निर्देशनालयको सहयोगमा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिमका ७५ जना ईन्जिनियर र सब इन्जिनियरहरुलाई टनेल बोरिंग मेसिनको निर्माण पद्धती र निर्माणको गुणस्तर सम्बन्धका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसियसन केन्द्रिय समितिका अध्यक्ष ईन्जिनियर हरिराम श्रेष्ठले इन्जिनियरको दक्षता अभिबृद्धि गर्न यस्ता गोष्ठि तथा सेमिनारले सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपाल इन्जिनियर एसोसियसन धनगढी केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेपाल इन्जिनियरिङ परिषदका रजिष्टार इन्जिनियर खेम जोशीले परिषदले गरेका काम कारबाहीका बारेमा र आगामी दिनमा गरिने कामकाबारेमा जानकारी दिनुभयो ।

नेपाल इन्जिनियर्स एसोसियसन धनगढी केन्द्रका अध्यक्ष लब जोशीले बाढीपीडितलाई सहयोग, रक्तदान र सामाजिक कार्यमा समेत केन्द्रले महत्वपूर्ण योगदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सेमिनार, गोष्ठिलाई निरन्तरता दिई इन्जिनियरहरुको दक्षता अभिबृद्धि गर्न कटिबद्ध भएर लाग्ने बताउनुभयो ।

भेरी बबई बुहद्देश्यीय डाइभर्सन परियोजनाका क्यालिटी कन्टोल इन्जिनियर जगदिश्वरमान श्रेष्ठले निर्माण पद्धती तथा गुणस्तर सम्बन्धका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed