Breaking News.... EverestOnlineKhabar
May 1, 2026

जापानी अन्तरिक्षयात्रीले माफ माग्नुको कारण यस्तो छ

Loading

बिबिसि । एकजना जापानी अन्तरिक्षयात्रीले आफू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएको तीन हप्तायता आफ्नो उचाइ साढे तीन इञ्च बढेको भन्ने गलत तरिकाले दिएको विवरणप्रति माफी मागेका छन् ।

नोरिसिगे कनोएले नापमा गल्ती भएको भन्दै आफू खासमा दुई सेन्टिमिटर बढेको बताएका छन् । जापानी भाषामा ट्वीट गर्दै उनले लेखेका छन, “त्यस्तो गलत समाचारबारे ट्वीट गरेकोमा म क्षमा चाहन्छु।“

उनको पहिलो गलत दावीले सामाजिक सञ्जाल प्रयोगकर्तामाझ विश्वव्यापी चर्चा पाएको थियो । अन्तरिक्षयात्रीहरू सामान्यतया अन्तरिक्षमा २ देखि ५ सेन्टिमिटरसम्म बढ्छन्।

गुरूत्वाकर्षण नहुने भएकोले मेरुदण्डका करङ्गहरू एकअर्काबाट टाढिन सक्ने भएकाले यस्तो हुन्छ । कनोएले जापानी भाषामा गरेको ट्वीटमा लेखेका थिए, “शुभप्रभात सबैलाई! मसँग एउटा महत्त्वपूर्ण घोषणा छ। हामीले अन्तरिक्ष पुगेपछि हाम्रो शरीरको नाप र्गयौँ। ओहो! म साँच्चै ९ सेन्टिमिटरसम्म बढेँ।“

“म कुनै बिरुवा जस्तो जम्मा तीन हप्तामा बढेँ। माध्यमिक तहको अध्ययन सकेयता यस्तो भएकै थिइनँ।“

तर त्यसपछि अन्तरर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा उनका रूसी कमाण्डर एन्टोन स्क्यापलेरोफले त्यसमा शङ्का व्यक्त गरेपछि आफूले पुनः आफ्नो नाप लिएको र आफू १८२ सेन्टिमिटर पाइएको उनले बताए । त्यो उचाइ पृथ्वीमा भएको भन्दा दुई सेन्टिमिटर बढी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed