![]()
काठमाडौ,पुस ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । राष्ट्रियसभा र प्रदेशसभा गठनमा दुई पार्टीबाट भागबण्डाका लागि चयन गरिएको कार्यदललाई दुई नेताले निर्देशन दिएको एमाले स्रोतले जानकारी दिएको छ ।
यसअघि मंगलबार बसेको बैठकले एमालेका तीन र माओवादी केन्द्रका तीन नेता सम्मिलित कार्यदल बनाएको थियो । एमाले अध्यक्ष ओली आजै उपचारका लागि एकसाता बैंकक जाँदैछन् ।


