Breaking News.... EverestOnlineKhabar
May 2, 2026

दृष्टिबिहीन विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसंग पराजित

Loading

एजेन्सी । युएई र पाकिस्तानमा जारी पाँचौँ एकदिवसीय दृष्टिबिहीन विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल आयोजक पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।

जिन्नाह स्टेडियमा नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ४० ओभर खेल्दै ५ विकेट गुमाएर २५८ रन बनाएको थियो । नेपालका लागि रमेश बहादुर बानियाँ ५९ तथा पदम बहादुर बडैलाले ५० रन जोडे । त्यस्तै भरत चौलागाईले ४९ तथा खिमानन्द गैरेले अविजित ३० रन बनाए ।
घरेलु मैदानमा जारी प्रतियोगितामा पाकिस्तानको यो लगातार दोस्रो जित हो । पाकिस्तानले सोमबार बंगलदेशमाथि ९ विकेटको जित निकालेको थियो ।

अब नेपालले बुधबार बंगलादेशसँग इकबाल स्टेडियमा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed