Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौ,पुस ।
अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका डा. गोविन्द केसीलाई सर्वोच्च अदालत लगिएको छ । अदालतको अवहेलना सम्बन्धी मुद्दामा बुधबार सुनुवाई हुँदैछ । डा. केसीलाई मुद्दाको सुनुवाईका लागि वीर अस्पतालबाट अदालत लगिएको हो । मंगलबार बयान सकेपछि बुधबार बिहान १० बजे सुनुवाईका लागि बोलाइएको थियो । सुनुवाईअघि मुद्दाको पक्ष र विपक्षमा वकिलहरुले बहस गर्नेछन् ।
मंगलबार नै सुनुवाई हुने कार्यतालिका रहे पनि बयान लिँदालिँदै समय सकिएपछि बुधबार बहस र सुनुवाई हुने भएको हो । बयानको क्रममा डाक्टर केसीले आफूले अदालतको अवहेलना गरेको नभई फैसलाको मात्र आलोचना गरेको बताउनुभएको छ । केसीलाई स्वास्थ्य समस्या भएपछि उपचारका लागि वीर अस्पतालमा राखिएको थियो । बहस सकिएपछि अदालतको अवहेलना गरेको ठहरिएमा एक वर्ष जेल सजाय वा १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा. डा. शशी शर्मालाई पुनर्बहाली गराउने सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी उहाँले सोमबार अनशन सुरु गर्नुभएको थियो । उहाँलाई सोमबार नै अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed