Breaking News.... EverestOnlineKhabar
May 2, 2026

सर्वोच्च अदालतमा डा. केसीको बयान, माइतिघरमा समर्थकको प्रदर्शन

Loading

काठमाडौं । अदालतको मानहानि गरेको आरोपमा पक्राउ परी सर्वोच्च अदालत पुर्याइएका डा. गोविन्द केसीको बयान सुरू भएको छ । डा. केसीलाई बिहान नौ बजे अदालत लगिएपनि दिउँसो एक बजेपछि मात्रै इजलाशमा लगिएको थियो ।

डा. केसीको सुनुवाइका लागि न्यायाधिशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको दुई नम्बर इजलास तोकिएको छ । डा. केसीलाई सुरूमा स्वास्थ्य स्थिति सोधिएको थियो । जवाफमा केसीका चिकित्सकले सामान्य रहेको तर प्रेसर केही कम भएको जवाफ दिएका थिए ।
केसीको पक्षमा अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम गिरी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीलगायत छन् भने विपक्षमा रमण श्रेष्ठ, श्याम खरेल, दीपक विष्ट र लक्ष्मण थपलियाले बहस गर्दैछन ।

माइतिघरमा प्रदर्शन
डाक्टर केसीलाई प्रहरीले पक्राउ गरेपछि समर्थकहरुले माइतिघरमा बिहानै प्रदर्शन गरेका थिए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा, विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायत सयौं मानिस केसीको गिरफ्तारी गरिएको बिरोधमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed