Breaking News.... EverestOnlineKhabar
April 30, 2026

ओलम्पिकमा उत्तर कोरियाका खेलाडी सहभागी हुने

Loading

एजेन्सी,पुस ।
उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडी तथा समर्थक पठाउने भएको छ । दुई कोरियाका उच्च अधिकारीबिच मंगलबार बिहान भएको उच्चस्तरीय वार्तामा उत्तर कोरियाले विन्टर ओलम्पिकमा आफ्ना खेलाडी पठाउने बताएको दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।
टोलीमा खेलाडी, समर्थक तथा अरु केही सरकारी अधिकारी रहने वार्ताको क्रममा उत्तर कोरियाले बताएको बिबिसीले उल्लेख गरेको छ । दक्षिण कोरियाको प्रस्तावमा दुई देशबिचको सीमा क्षेत्रमा वार्ता भएको हो । पछिल्लो दुई वर्षमा दुई कोरियाबिच भएको यो पहिलो उच्चस्तरीय वार्ता हो । नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनले दक्षिण कोरियासँग सम्बन्ध सु्धार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed