Breaking News.... EverestOnlineKhabar
May 2, 2026

सर्वाधिक अनुभवी अन्तरिक्ष यात्रीको निधन

Loading

बिबिसि । चन्द्रमामा हिँडेका र पहिलो अन्तरिक्ष कार्यक्रमको नेतृत्व गरेका अमेरिकी अन्तरिक्षयात्री जन योङ्गको ८७ वर्षको उमेरमा निधन भएको छ । हालसम्मै सर्वाधिक समय अन्तरिक्षयात्रीका रुपमा काम गरेका उनले एपोलो र जेमिनिसहितका अन्तरिक्ष अभियानमा सहभागिता जनाएका थिए । उनले ६ पटक अन्तरिक्षको भ्रमण गरेका थिए ।

सन् २००४ मा अवकाश लिनुअघि योङ्गले अमेरिकी अन्तरिक्ष संस्था नासामा ४२ वर्ष काम गरेका थिए । जेमिनि, एपोलो र अन्तरिक्षयान कार्यक्रम अन्तर्गत काम गर्ने उनी एकमात्र व्यक्ति थिए ।

सन् १९३० मा सान फ्रान्सिस्कोमा जन्मिएका योङ्गले जोर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एइरोनोटिकल इन्जिनियरिङको पढाइ पूरा गरेका थिए र त्यसपछि अमेरिकी नौसेनामा परीक्षण पाइलटका रुपमा काम गरेका थिए।

सन् १९६२ मा नासामा अन्तरिक्षयात्रीको जागिर शुरू गरेका उनी सबैभन्दा पहिले सन् १९६५ मा ’जेमीनी थ्री’ मिशन अन्तर्गत अन्तरिक्षमा गएका थिए । पृथ्वीको परिक्रममा गरिरहँदा उनले लुकाएर र्पुयाएको स्यान्डवीच आफ्ना सहकर्मी गुस ग्रिसस्मलाई दिएका थिए । नासाले उक्त कदमका लागि उनको आलोचना गरेको थियो ।

सन् १९६९ को मे महिनामा चन्द्रमाका लागि उडेको अन्तरिक्ष तयारी मिशन ’एपोलो टेन’मा पनि उनी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed