Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । ब्राजिलियन फुटबलर नेमार फ्रान्समा खुसी छैनन् भन्ने चर्चा यसअघिबाटै चलेको हो। पेरिस सेन्ट जर्मन (पीएसजी) उनका लागि सही क्लब नभएको चर्चाबीच पनि नेमार गत समरमा सोही क्लबमा अनुबन्धित भएका थिए। उनले पीएसजीका लागि कीर्तिमानी रकममा बार्सिलोना छाडेका थिए। यद्यपि उनी पीएसजीसँगको अनुबन्धको वर्ष दिन पनि नपुग्दै स्पेन फर्कने चर्चा सुरु भएको छ। तर, यस पटक बार्सिलोना होइन, उनी बार्सिलोनाको कट्टर प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड जाने दाबी गरिएको छ।

युरोपेली मिडियाहरूले उनी नयाँ वर्षपछि सुरु हुने ट्रान्सफर विन्डो (खेलाडी किनबेचको अवधि) मा रियलसँग अनुबन्धित हुने दाबी गरेका छन्। बेलायती पत्रिका एक्सप्रेसले दाबी गरेअनुसार नेमारले क्लब छाड्ने भएपछि पीएसजीले उनको स्थानमा ल्याउने खेलाडीसमेत तय गरिसकेको छ। यो पछिल्लो समाचारले पनि नेमार रियल म्याड्रिड फर्कने हल्लालाई बलियो बनाएको छ। एक्सप्रेसका अनुसार पीएसजीले नेमारले क्लब छाड्दा उनको स्थान परिपूर्ति गर्न अर्जे्न्टिनी स्ट्राइकर पाउलो डिबालालाई इटालियन क्लब युभेन्टसबाट भित्र्याउने प्रयास गरेको छ।

यस सम्बन्धमा डिबालाका भाइ तथा एजेन्ट मारिआनो डिबाला र पीएसजीका अधिकारीबीच चरणबद्ध छलफलसमेत भएको दाबी एक्सप्रेसले गरेको छ। पीएसजीका पदाधिकारीसँगको छलफलको विषयमा मारिआनोले दाइ पाउलोलाई समेत जानकारी गराइसकेको बताइएको छ। यही विषयमा मारिआनो र युभेन्टसका पदाधिकारीबीच केही विवादसमेत भएको बताइएको छ। मारिआनोकी प्रेमिकाले पेरिस पुगेको तस्बिर सामाजिक सञ्जालमा राखेपछि युभेन्टसका पदाधिकारीले डिबाला पीएसजी जाने खबर सार्वजनिक भएको थियो।

पछिल्लो केही सिजन उत्कृष्ट ‘फर्म’ मा देखिएका डिबाला इटालियन सिरिए क्लब युभेन्टसको सफलतामा निर्णायक बन्दै आएका छन्। जारी सिजनमा पनि उनले १७ लिग खेलबाट टोलीका लागि १२ गोल गरिसकेका छन्। केही समयअघि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेमार रियलसँग अनुबन्धित हुने संकेत गरेका थिए। रोनाल्डोले पाँचौं पटक बेलोन डे अर अवार्ड जितेपछि रियलका अध्यक्ष पेरेजले नेमारले रियलसँग अनुबन्ध भए, उनले पनि रोनाल्डोले जस्तै अवार्ड जित्ने बताएका थिए। त्यसलगत्तै नेमार र रियलबीच अनुबन्ध गर्नेसम्बन्धी कुराकानी र प्रक्रिया अघि बढेको बताइएको छ।

पछिल्लो समय स्पेनिस घरेलु लिगमा टोलीले लगातार खराब नतिजा आत्मसात् गरेपछि रियल प्रदर्शन सुधार्न राम्रा खेलाडीको अनुबन्धमा लागेको छ। नेमारको रियलसँगको अनुबन्धको समाचार सार्वजनिक भएसँगै बार्सिलोनाका खेलाडीले भने नकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। नेमारका पूर्वसहकर्मी लुइस स्वारेजले नेमार कुनै पनि अवस्थामा रियल नजाने ठोकुवा गरेका छन्। बार्सिलोनाका कप्तान आन्द्रेस इनिस्टाले भने नेमारले रियलसँग अनुबन्धको सम्झौता गरे, आफू निकै दुःखी हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed