Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बेलायतमा आँधीको बितण्डा, तीनजनाको मृत्यु, हजारौं घरमा बिजुली आपूर्ति बन्द

Loading

बिबिसि । बेलायतमा तहल्का मच्चाएको ‘एलेनर’ आँधी युरोपतर्फ प्रवेश गर्दा तीनजनाको मृत्यु भएको छ ।
भारी वर्षासंगै आएको आँधीका कारण युरोपका हजारौं घरमा बिजुली आपूर्ति बन्द भएको छ । यातायात सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

स्वीट्जरल्यान्डमा एउटा रेल र ट्रक पल्टँदा केही मानिस घाइते भएका छन् । जर्मनीमा सयौं घरमा क्षति पुगेको छ । फ्रान्सका केही सहरमा केही सवारीसाधन पुरिएका छन् । यातायात सेवा अवरुद्ध हुँदा फ्रान्सका केही स्कूल तथा कलेज बन्द गरिएका छन् ।

यसअघि एलेनर आँधीले बेलायतका सयौं घरमा दर्जनौं सवारीसाधनमा क्षति र्पुयाएको थियो । मौसमविद्हरुले वर्षा र आँधी अझै केही दिन रहने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed