117 total views,  2 views today

काठमाडौं । सत्ता गठबन्धनका दलहरु समानुपातिकको उम्मेदवार सूची बुझाएपछि प्रत्यक्षतर्फको सीट भागबण्डामा सहमति जुटाउन पुनः छलफलमा जुटेका छन्।

आज बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तहका नेता र सिट बाँडफाँट कार्यदलको बैठक बसिरहेको छ।
प्रतिनिधिसभाका १६५ सिटमा कुन दललाई कति सिट दिने भन्ने बिषयमा गठबन्धनभित्र सहमती हुन सकेको छैन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले एक सय सिट दावी गरेपछि गठबन्धनका अन्य दलहरुले त्यसलाई अस्विकार गरेपछि सहमती जुट्न नसकिरहेको हो । सिट बाँडफाँटका लागि गठबन्धनले गठन गरेको साउन २० गते कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएको थियो ।

सो कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार