76 total views,  2 views today

Security officials and relatives attend a funeral ceremony of a slain policeman, who was killed in an attack claimed by the Tehreek-e-Taliban Pakistan (TTP), in the border town of Chaman on January 28, 2022. (Photo by Abdul BASIT / AFP) (Photo by ABDUL BASIT/AFP via Getty Images)

तस्विरमाः पाकिस्तानमा टी.टी.पी. ले हालै गरेको हमलामा मृत्यु भएका एक प्रहरीको अन्तिम संस्कारमा भेला भएका पाकिस्तानी सुरक्षाकर्मी तथा आफन्त

इस्लामावाद, पाकिस्तान

अमेरिकाले एक्युआईएस (भारतीय प्रायद्वीपस्थित अलकायदाको संगठन) का तीन सदस्य र टी.टी.पी. (तहरीक–ए–तालिबान पाकिस्तान) का एक सदस्यलाई आतंककारी घोषणा गरेको छ ।
यसै बिहीबार जारी एक वक्तव्यमा उसले एक्युआईएस का अमिर ओसामा महमुद, सहायक अमिर आतिफ याया घोरी, र मुहम्मद महरुफ (सशस्त्र फौज भर्ती प्रमुख) लाई तोकिएका विशेष आतंकवादीको सूचीमा राखेको बताएको छ । कारी अम्जद (टी.टी.पी. का उपप्रमुख, जो पाकिस्तानको खैबर पख्तुनवा प्रान्तमा गतिविधि गरिरहेका छन्) लाई पनि सो सूचीमा राखिएको छ ।
जारी वक्तव्यका अनुसार, ‘विशेष आतंकवादीे तोकिएका यी व्यक्तिको अमेरिकास्थित सम्पत्ति रोक्का गरिएको छ, साथै कुनैपनि अमेरिकी नागरिकलाई यी व्यक्तिहरुसँग कारोबार गर्न प्रतिबन्ध लगाइएको छ’ ।
एन्थोनी ब्लिंकेन (सेक्रेटरी अफ स्टेट) ले पाकिस्तान र अफगानिस्तानमा कार्यरत सशस्त्र समूहबाट हुन सक्ने खतरा निर्मूल पार्नका लागि ,‘प्रतिआतंकवादका आफ्ना सबै संयन्त्र प्रयोग गर्न अमेरिका प्रतिबद्ध छ’ । उनको यो भनाइले ‘अन्तर्राष्ट्रिय आतंककारी गतिविधिका लागि अफगानिस्तानलाई प्रयोग गर्नबाट रोक्ने आफ्रनो अथक प्रयास’ लाई देखाउँदछ ।
पाकिस्तस्थित तालिबानले केही दिनअघि पाकिस्तानी सरकारसँगको आफ्नो ६ महिने युद्धविराम औपचारिक रुपमा सकिएको जनाएपछि अमेरिकाको यो वक्तव्य आएको हो ।
हालै पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटा सहरमा प्रहरीको गाडीमाथि भएको हमलामा तालिबानले जिम्मेवारी लिएको थियो ; सो हमलामा चारजना व्यक्तिको मृत्यु भएको थियो ।
अमेरिकी वक्तव्यमाथि टी.टी.पी. ले खेद व्यक्त गर्नुका साथै आफ्नो कुनै ‘विदेशी एजेन्डा’ नरहेको जनाएको छ । ‘टी.टी.पी. अमेरिका र अरु विदेशी शक्तिसामु यो प्रस्ट पार्न चाहन्छ कि हामी आफ्नो धार्मिक र राष्ट्रियतावादी लक्ष्य प्राप्त गर्न संघर्षरत छौं । हाम्रो कुनै विदेशी एजेन्डा छैन’ हालै जारी एक वक्तव्यमा टी.टी.पी. बताउँदछ ।
अमेरिकाद्वारा जारी सो वक्तव्यपछि अमेरिकी कमान्डर जनरल माइकल कुरिला र पाकिस्तानी सेनाध्यक्ष जनरल असिम मुनिरले एक टेलिकन्फ्रेन्समार्फत ती दुई देशबीच सुरक्षा सहकार्य प्रयास र द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल गरेका छन् । अमेरिकी सेन्ट्रल कमान्डद्वारा जारी एक प्रेस विज्ञप्तीमा भनिएको छ ।
पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सलाउल्लाहले टी.टी.पी.सँग सरकार कुनै सहमतिमा नपुगेको बताउनुका साथै थप हिंसा भएमा त्यसप्रति कडा रुपमा प्रस्तुत हुने बताएका छन् । टी.टी.पी. ले हतियार बिसाएको खण्डमा मात्र उसँग शान्ति वार्ता गर्न सकिने उनी भन्छन् ।
यद्यपि उनी बताउँछन् कि, टी.टी.पी. का केही गुट अझै पनि पाकिस्तानसँग लड्न चाहिरहेका छन् । उनी थप्छन् ,‘बढ्दो हिंसाप्रति अफगान सरकारको पनि उत्तिकै चासो रहेको छ, किनकि उसले पाकिस्तान सरकार र टी.टी.पी. का बीचमा वार्ता गराउन सहयोगी भूमिका खेलेको थियो’ ।
गतवर्ष अगस्ट महिनामा अमेरिकी फौजको बहिर्गमनसँगै तालिबानले अफगानिस्तान कब्जा गरेर त्यहाँको सरकार चलाइरहेको छ ।
टी.टी.पी. द्वारा अफगानिस्तानबाट पाकिस्तानविरोधी गतिविधि सञ्चालन तथा आफ्नो भूमिमा हमला नगरोस् भन्ने प्रत्याभूति दिलाउनका लागि अफगानी तालिबान सरकारलाई बेलाबखतमा पाकिस्तानी सरकारले जानकारी गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार