130 total views,  2 views today

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले डोटी जिल्लामा गठबन्धन चाहिंदैन् भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

आज पार्टी केन्द्रीय कार्यालय तिनकुने आलोकनगरमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका आलेले  आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताए ।

‘डोटी जिल्लामा गठबन्धन चांहिदैन् भन्दै भेला गर्दै हिंडेका छन्, यदि डोटीमा गठबन्धन हुँदैन् भने ७७ वटै जिल्लामा गठबन्धन गर्नु हुँदैन्’, उनले भने ।
स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनका ठुला दलहरुले समाजवादीको गलत मुल्याङ्कन गरेकाले त्यसप्रति आफुहरुको ध्यानाकर्षण भएको आलेले बताए ।

उनले मगरहरु समानुपातिकमा मात्रै बस्ने नभएर एक्लाएक्लै हरेक जातिसंग प्रतिष्पर्धा गर्नसक्ने जाति भएको बताएका छन् ।

उनले आगामी निर्वाचनमा पार्टीलाई ठूलो पार्टी बनाउने गरी निर्वाचनमा सबै लाग्न निर्देशन पनि दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार