Breaking News.... EverestOnlineKhabar
July 29, 2026

Loading

२०७६ पुस ११, काठमाडौं । काठमाडौं—कुलेखानी—हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवरमा सुमो जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका—३ ओखर डाँडामा ना १ ज ३४३३ नम्बरको सुमो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका प्रहरी नायब निरीक्षक कुलानन्द झाले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई फर्पिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । रौतहटको चपुरबाट काठमाडौं आईरहेको सुमो सडकबाट झण्डै ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकहरूमा एक महिला र दुई पुरुष रहेको तर उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले चालकले मापसे गरेको हुनसक्ने आशंका गरेको छ । यद्धपि, दुर्घटनाको कारण खुलिनसकेको प्रहरी नायव निरीक्षक झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.