Breaking News.... EverestOnlineKhabar
May 1, 2026

   कालिकोट    :  आगलागीबाट पीडित भएका २३ परिवारले  राहत पाए

Loading

कालिकोट    :            कालिकोट पलाँता गाउँपालिका-१ खाडामा यही पुस ८ गते राति भएको आगलागीबाट पीडित भएका २३ परिवारले  राहत पाएका छन्।  जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी बिनोद शर्माले सरकारले उपलब्ध गराएको राहत प्रति परिवार २० हजार र जिल्ला प्रशासन कार्यालयबाट  उपब्ध भएको हत प्रति परिवार १० हजारका दरले २३ परिवारलाई  राहत वितरण गरिएको जानकारी दिए।

उनले भने, ‘आगलागीबाट जलेका ३२ घरमध्ये ९ घरका परिवार स्थायीरुपमा कैलाली तिर बस्दै आएका छन्। उनीहरु गाउँमा छैनन्। खाडामा रहेका वास्तविक अग्नीपीडित २३ परिवारलाई राहत बाडिएको हो।’

डीएसपी  शर्माले  बुधबार मात्र आगलागी घटनाको स्थलगत  अनुसन्धान गरी ३२ घर जलेको जानकारी दिए। उनले भने, ‘खाडामा भएको आगलागीमा ३२ घरहरु पूर्णरुपमा जलेर नष्ट भएका हुन्। उनका अनुसार पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, उपाध्यक्ष दानादेवी न्यौपाने र वडा नं. १ का वडा अध्यक्ष मानबहादुर भण्डारी बासिन्दा सहितको सहिछापमा ६५ घरधुरीहरु जलेको मुचुल्का जिल्ला प्रहरी कार्यालयमा आएको छ। आगलागीमा ३२ घरमात्र जलेको पुष्टि भएको छ । यस अघि संचार माध्यममा ८७ घर जलेको खबर आ  एपनि वास्तविक ३२ घर मात्र जलेको प्रहरीले पुष्टि गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed