![]()
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाइडबडीमा भएको अनियमितता लुकाउनका लागि छानविन समिति बनाएको आरोप लगाएका छन्।
तनहुँको दुलेगौडामा शुक्रबार बिहान आयोजित कार्यक्रममा पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर भ्रष्टाचार ढाकछोप गर्न लागेको आरोप लगाएका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लेखा समिति अन्तर्गतको उपसमितिको अपमान गरेको बताए। पौडेलले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर, ठूला–ठूला काण्डमासँगै हुने त होएनन् भन्ने आशंका व्यक्त गरे।
पौडेलले महासमिति बैठकपछि देशभर पार्टी एक भएको सन्देश गएका बेला केही नेताहरु फेरि पार्टीमा लफडा ल्याउने तयारीमा लागेको बताए।


