![]()
देशैभर टोपी दिवस मनाएको समाचार र तस्बिर सामाजिक सञ्जालमा भाईरल भईरहदा हङकङका नेपालीहरुले पनि टोपी दिवस मनाएका छन् ।
हङकङमा लामो समयदेखि ब्यापार, ब्यवसाय र सामाजिक कार्यमार्फत प्रतिष्ठित जीवन बिताईरहेका कृष्ण पाण्डे, जेबी ओख्राबो, ईन्द्र वोनेम, ईश्वरविक्रम शाह लगायतको सहकार्यमा टोपी दिवस मनाईएको हो ।
नेपालीको पहिचानको प्रतिक टोपी लगाएर हङकङको ब्यस्त स्टारफेरीमा सामुहिक तस्बिर खिचिएको थियो । स्थानिय चाईनिज, विदेशीहरुले चासोका साथ टोपी र यसको महत्वबारे जिज्ञासा राखेका थिए ।
सन् २०१० मा क्यानाडाका केहि साथीहरु मिलेर स्थापना गरेको नेपाली टोपी प्रतिष्ठान अहिले ४५ देशमा फैलिसकेको छ । यहि नेटवर्कमा हामी हङकङेलीहरु पनि गोलवद्ध हुने योजना अनुरुप हङकङमा पनि औपचारिकरुपमा टोपी दिवस मनाईएको संयोजक कृष्ण पाण्डे बताउँछन् ।
संसारैभरिका टोपीहरु मध्ये नेपाली टोपी मौलिक छ । ढाका टोपी, भादगाउँले टोपी जे नाम र पहिचान दिईए पनि यसले समग्र नेपालको प्रतिनिधित्व गर्छ । संसारकै अग्लो सगरमाथाझै हाम्रो टोपीले नेपालीको शालिनता र वीरताको संकेत गर्छ, त्यसैले टोपीको पहिचानलाई संरक्षण गर्नका लागि पनि राष्ट्रबाट विशेष पहल गर्नुे पर्ने सहभागीहरुले सुझाव दिए ।


