Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मालपोत कर्मचारीको मिलेमतोमा करोडौको जग्गा किर्ते

Loading

मालपोत कार्यालय चावहिलका कर्मचारीको मिलेमतोमा नक्कली व्यक्ति खडा गरी अर्काको जग्गा दर्ता गरेको आरोप पिडीत पक्षले लगाएको छ। साबिकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गाधनी गणेशलाल मानन्धरको नाममा जग्गा पास हुनुपर्नेमा मालपोतका कर्मचारीको मिलेमतोमा अर्कै व्यक्तिको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाइएको आरोप पीडित पक्षले लगाएको छ।

चावहिल मालपोत कार्यालयका कार्यालय प्रमुख पदमप्रसाद अर्याल, नायब सब्बा सुरेन्द्र तामाङ तथा खरिदार लक्ष्मण बस्नेतले २५ लाख रकम घूस लिएर श्रेता नै सच्चाएर अर्को नक्कली व्यक्ति खडा गरी जग्गा दर्ता गराएको उजुरी समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ।

यसरी नक्कली व्यक्ति खडा गरी जग्गा हडपेको भन्दै सक्कली जग्गा धनीले आयोगमा उजुरी दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यही पुस ८ गते दर्ता भएको दर्ता नं. ११७१५ को उजुरीमा मालपोत कार्यालय चावहिलका तीन जना कर्मचारीले नक्कली व्यक्ति खडा गरी लालपुर्जा बनाएकाले कारबाहीको माग गरिएको छ।

साविकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गामा सर्वोच्च अदालतबाट गएको साउन ३० गते भएको फैसलाबामेजिम जग्गा दर्ता गराउनुपर्नेमा सम्बन्धित व्यक्तिले छानविन गरेर मात्रै जग्गा दर्ता प्रक्रिया अघि बढाउन निवेदन दर्ता गरिसकेको अवस्थामा मालपोत कार्यालयका तीन जना कर्मचारीको विशेष पहलमा गैरकानुनी काम भएको उजुरीमा उल्लेख गरिएको छ।

चावहिल मालपोतका कार्यालय प्रमुख अर्याल, नासु तामाङ तथा खरिदार बस्नेतले २५ लाख रकम घूस लिएर श्रेस्ता नै सच्चाएर अर्को व्यक्तिको नाममा उक्त जग्गा दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ।

यसरी मिलेमतोमा कार्यालयको श्रेस्ता नै सच्चाएर दुई तीन महिना बेपत्ता पारिएको तथा व्यहोराहरु कोतरेर मेटाई नक्कली व्यक्ति खडा गरी उनीहरुले बनाएको कीर्ते जग्गाधनी पुर्जा अनुसार मिलाएर कुनै छानविन नगरी वास्तविक जग्गाधनी गणेशलाल मानन्धरको नाममा हुनुपर्नेमा काठमाडौं महानगरपालिका–२३ झोछेंका जितबहादुर मानन्धर र उमा मानन्धरका नाममा दर्ता गरिएको आरोप लगाइएको छ। नेपाल समाचार पत्रमा खबर छ।

चावहिलका मालपोत कर्मचारीको मिलेमतोमा करोडौको जग्गा किर्ते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed