Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । विद्रोहीहरुको नियन्त्रणमा रहेको यमनको होडेइडा सहरमा हवाइ आक्रमणसँगै स्थलगत भिडन्त भएको छ । संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लङ्घन गर्दै भिडन्त भएको सरकार पक्षीय श्रोत र स्थानीयबासिन्दाले  बताएका छन् ।

भिडन्तमा परी कम्तीमा २९ लडाकुको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २२ जना हुथी विद्रोही रहेको जनाइएको छ । अल डुरायहिमी जिल्लामा भएको भिडन्तका क्रममा सात जना विद्रोहीलाई नियन्त्रणमा लिएको पनि सरकार पक्षीय श्रोतले जनाएको छ ।

घटनास्थल होडेइडा देखि २० किलोमिटर टाढा पर्दछ । स्थानीय बासिन्दाले टेलिफोनमा दिएको जानकारी अनुसार गोली हानाहानको आवाज रातभरि सुनिएको थियो । उनीहरुले आइतबार विहान पाँच बजेसम्म भिडन्त भएको पनि जानकारी दिएका छन् ।

राष्ट्रसंघको पहलमा यमनको सरकारी पक्ष र विद्रोही पक्षका वीचमा शान्ति वार्ता गराउने गरी केही समय अगाडी भएको युद्धविराम अहिले कार्यान्वयन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed