Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । चार दिनपछि बहुमूल्य धातु सुनको भाउ घटेको छ । सुन तोलाको ५९ हजार ३ सय रुपैयाँमा झरेको छ । पछिल्ला चार दिन सुनको छापावाल सुनको भाउ तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत बिहीबार ३ सयले घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ त्यसको अघिल्लो दिन बुधबार भने २ सय रुपैयाँ घटेर ५९ हजार ८ सयमा कारोबार भएको थियो । तर, मंगलबार भने तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । यसअघि गत कात्तिक २० गते पनि सुन तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ ।

अघिल्लो साता सोमबार ५९ हजार ४ सय रुपैयाँ, आइतबार ५९ हजार रुपैयाँ र शुक्रबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको दाँजोमा सोमबार छापावाल सुनको भाउ प्रतितोला २ सयका दरले घटेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ भने प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed