Breaking News.... EverestOnlineKhabar
April 30, 2026

स्पेनिस ला लिगा : रियल मेड्रिडको अर्को जित, अंक तालिकामा तेस्रो स्थान प्राप्त

Loading

एजेन्सी । करीम बेन्जिमाको गोलमा रियाल मड्रिडले  स्पेनिस ला लिगाको रायो भाल्कानोमाथि १–० को विजयी नतिजा निकालेको छ । घरेलु सान्टियागो बर्नाबेउ रंगशालामा बेन्जिमाले १३औं मिनेटमा गरेको गोल रियालको जितमा पर्याप्त बन्यो ।

जितपछि २९ अंकका साथ लिगको तेस्रो स्थानमा उक्लीएको रियालले शीर्ष स्थानको बार्सिलोना र एट्लेटिको मड्रिडसँग अंक दुरी कम गरेको छ । रियल भन्दा एक खेल कम खेलेको बार्सिलोना ३१ अंकसहित शीर्ष स्थानमा रहँदा समान ३१ भए पनि गोलअन्तरमा पछि परेको एट्लेटिको दोस्रो स्थानमा छ ।

रियालको संङघर्षपूर्ण जितमा बेन्जिमाले लुकास भाजक्वेजको पासमा गोल गरेका थिए । बाँकी समय घरेलु मैदानमा आक्रमक खेले पनि रियालले गोल थप्न सकेन् । ३६औं मिनेटमा टोनी क्रुसको प्रहार बाहिरिँदा ५०औं मिनेटमा मार्काे एसेन्सियोले पनि अवसर उपयोग गर्न सकेन् । अतिरिक्त समयमा पाहुना टोलीले गोलको अवसर सिर्जना गरे पनि रियालका गोलकिपरले बचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed