Breaking News.... EverestOnlineKhabar
April 30, 2026

अमेरिकी फौजद्वारा लुटिएका घण्ट ११७ वर्षपछि फिर्ता

Loading

बीबीसी । अमेरिकी फौजद्वारा सय वर्षभन्दा बढी समय पहिले लुटिएका फिलिपिन्सको गिर्जाघरका तीनवटा घण्ट फिर्ता गरिएका छन्। एक सय १७ वर्षअघि घण्ट चोरिएको बालाङहिगामा आयोजित एउटा कार्यक्रममा राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्ना नागरिक र अमेरिकाको प्रशंसा गरे।

एउटा नरसंहारपछि अमेरिकी फौजले बदलास्वरूप गरेको कारबाहीका क्रममा तामाका ती घण्टहरू लुटिएका थिए। दशकौँदेखिको दबाबपछि गत अगस्टमा फिलिपिन्सस्थित अमेरिकी दूतावासले ती घण्टहरू फिर्ता गरिने घोषणा गरेको थियो।

निकै खुशी देखिएका मानिसहरूको एउटा भिडलाई सम्बोधन गर्दै राष्ट्रपति रोड्रिगो डुटेर्टेले भने, “अमेरिकीहरूको यो उदारताका लागि कोही एकजनाले श्रेय लिन पाउँदैन।”

“अमेरिका र फिलिपिन्स दुवै देशका नागरिकलाई यसको श्रेय जान्छ।”

सन् २०१७ को एउटा भाषणका क्रममा उनले लुटिएका घण्टहरू फिर्ता गर्न माग गरेका थिए। सो भाषणमा डुटेर्टेले चीनसँग अझ नजिकको सम्बन्ध स्थापना गर्ने पनि उल्लेख गरेका थिए।

फिलिपिन्समा पूर्व औपनवेशिक शासकविरुद्धको स्वतन्त्रताको द्योतकका रूपमा ती घण्टहरूलाई हेर्ने गरिन्छ। सन् १९०१ मा बालाङहिगामा फिलिपिन्सको सेनाले धरापमा पारेर ४८ जना अमेरिकी सेनालाई मारिदिएपछि तत्कालीन अमेरिकी जनरल ज्याकोब एच स्मिथले सो क्षेत्रलाई “पूरै मरूभूमिमा” परिणत गरिदिन आदेश दिएका थिए।

रक्तपातपूर्ण बदलापछि अमेरिकी फौजले जितको ट्रफीका रूपमा गिर्जाघरका घण्टहरू आफूसँगै लगेका थिए। अमेरिकी फौजको सो कारबाहीमा फिलिपिन्सका हजारौँ सेना मारिएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed