Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं ।  नेपाली क्रिकेटका चर्चित बलर शक्ति गौचनले संन्यास लिएका छन्।  एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा पल्टनबाट खेल्दै शक्तिले संन्यास घोषणा गरेका हुन्। शक्तिले संन्यास घोषणा गरेको खेलमा पोखरा चितवन टाइगर्ससँग पराजित भएको छ।

शक्ति पोखराको उपकप्तानको जिम्मेवारीमा थिए। शनिबारको खेलमा चितवन टाइगर्ससँग पोखरा ७ विकेटले पराजित भएको हो।

गत असारमै अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएका शक्तिले राष्ट्रिय टोलीबाट एक खेल खेल्दै सन्यास लिने तयारी गरेका थिए। यद्यपी शनिबार नै उनले संन्यास  घोषणा गरेका हुन्।

शक्तिले क्रिकेट खेलबाट संन्यास लिए पनि अबको दिनमा क्रिकेट क्षेत्रकै लागि काम गर्ने घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed