![]()
काठमाडौं । मंसिर २९ गते तीनदिनसम्म काठमाडौंमा बस्ने नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । बैठकमा सहभागी हुने सदस्यहरु काठमाडौं प्रवेश गर्ने क्रम सुरू भइसकेको कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
तीन दिनसम्म संचालन हुने बैठकमा एक करोडभन्दा कम खर्च हुने स्थानीय व्यवस्थापन समितिका संयोजक तथा काठमाडौंका सभापति सरोज बानियाँले दावी गरे ।
साँझको खाना र बस्ने व्यवस्था सहभागी आफैले गर्ने भएकोले खर्च सोचेभन्दा पनि कम हुने संयोजक बानियाँको भनाइ छ । सहभागीलाई विहानको विहान खाजा, खाना र दिउँसो चिया र विष्कुटको व्यवस्था भने हुनेछ ।
एक हजार ६०० को सहभातिगा हुने बैठकमा ५ वटा दस्तावेजहरु प्रस्तुत हुनेछन् । राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधि, सांगठानिक दस्तावेद महामन्त्री डाक्टर शंशाक कोइराला, विधान संशोधन प्रस्ताव सहमहामनत्री पूर्णबहादुर खड्का, आर्थिक दृष्ट्रिकोण सम्बन्धी प्रस्ताव डा. प्रकाशसरण महत र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्ने छन् ।


