Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रचण्डले भने- ‘संविधान संसोधन गरेरै अघि बढ्ने हो’

Loading

काठमाडौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्दै अघि बढ्ने बताएका छन् । सत्तारुढ राष्ट्रिय जनता पार्टी नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला अध्यक्ष दाहालले संविधान संशोधन गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरे ।

उनले उत्पीडित वर्ग, जाति र समुदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको बताए।

काठमाडौँमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको बिमोचन गर्दै अध्यक्ष दाहालले उत्पीडित समूदाय र शहीदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढन पनि सम्बन्धित पक्षलाई आह्वान गरे ।

अध्यक्ष दाहालले उपेक्षित समुदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको दाबी पनि गरे। त्यस अवसरमा अध्यक्ष दाहालले थारु समुदायको हक, अधिकार सुनिश्चित गर्न आफूले सक्दो पहल गर्ने आश्वासन पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed