Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । तीन दिनदेखि उकालो लागिरहेको बहुमूल्य धातु सुनको भाउ  एकैचोटि ६ सय बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ । यो भाउ मंसिर महिना सुरु भएयताकै सबैभन्दा उच्च हो ।

यसअघि गत कात्तिक २० गते सुनको भाउ तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ ।
सोमबार तोलामा ४ सय बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलाको ५९ हजार रुपैयाँ र शुक्रबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको दाँजोमा मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ सयका दरले बढेर ६० हजार रुपैयाँ कायम भएको हो । तेजाबी सुनको भाउ भने प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय ३० रुपैयाँ पुगेको छ । सोमबार तेजाबी सुन तोलाको ५९ हजार १ सय र चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंसिर २५  सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ तोलाको अधिकतम ६० हजार रुपैयाँसम्म पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed