Breaking News.... EverestOnlineKhabar
May 1, 2026

कांग्रेस महासमिति बैठक सुरु हुन तीन दिन बाँकी, बिधान मस्यौदामा सहमति जुटाउन अझै सकस

Loading

काठमाडौं  ।शनिबारदेखि शुरू हुने नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक दस्तावेजको मस्यौदा पार्टी उपसभापति एवं मस्यौदा समितिका संयोजक विमलेन्द्र निधिले केन्द्रीय कार्य समितिको  बैठकमा पेस गरेका छन्।

राजनीतिक मस्यौदामा मुलुकको बर्तमान राजनीतिक अवस्था, सरकारका कामको मूल्यांकन, अन्य दलप्रतिको कांग्रेसको दृष्टिकोण, बैदेशिक सम्बन्ध तथा पार्टीको आगामी राजनीतिक दिशालगायतका विषय समावेश गरिएको छ।

दुई सातादेखि जारी केन्द्रीय समितिको बैठकमा विधान मस्यौदाबारे छलफल जारी छ। महासमिति बैठक आउन तीन दिन बाँकी रहँदा बिधानको मस्यौदामा सहमति हुन सकेको छैन। सहमति जुटाउँन सभापति शेरबहादुर देउवासहित उपसभापति विमलेन्द्र निधि, नेता अर्जुनरसिंह केसी, मीनेन्द्र रिजाल, रमेश लेखकलगायतका नेताहरुले पहल गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed