Breaking News.... EverestOnlineKhabar
April 30, 2026

महिला विश्वकपको खेलतालिका सार्वजनिक, पहिलो खेलमा फ्रान्सले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्ने

Loading

एजेन्सी । फिफा महिला विश्वकपको पहिलो खेलमा आयोजक फ्रान्सले आगामी जुन ७ मा दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
पेरिसमा भएको ‘ड्र’अनुसार फ्रान्स र कोरियासँगै समूह ‘ए’मा नर्वे र नाइजेरिया पनि छन् ।

विश्वकपमा सहभागि २४ टोलीलाई ६ समूहमा विभाजन गर्दा समूह ‘बी’ मा जर्मनी, चीन, स्पेन र दक्षिण अफ्रिका छन् । अस्ट्रेलिया समूह ‘सी’मा इटाली, ब्राजिल र जमैकासँग पर्दा समूह ‘डी’ मा इङल्यान्ड, स्कटल्यान्ड, अर्जेन्टिना  र जापान परेका छन् ।

यसैगरी समूह ‘इ’ मा क्यानाडा,  क्यामरुन, न्युजिल्यान्ड र नेदरल्यान्ड्स पर्दा साबिक विजेता अमेरिका समूह ‘एफ’ मा थाइल्यान्ड, चिली र स्विडेनसँगै परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed