Breaking News.... EverestOnlineKhabar
April 30, 2026

असफल भैरहेको सरकारमा राजपा सहभागी हुँदैन : महतो

Loading

विराटनगर।  राष्ट्रिय जनता पार्टी राजपा सरकारमा सामेल नहुने राजपा संयोजक राजेन्द्र महतोले बताएका छन्। विराटनगरमा आयोजित एक कार्यक्रममा संयोजक महतोले सरकारलाई समर्थन दिए पनि सरकारले संविधान संशोधनमा चासो नदेखिएकोमा आक्रोश ब्यक्त गरे।

त्यसैगरी कार्यक्रममा प्रदेश नम्बर दुईको राजधानीका रुपमा जनकपुरको विकल्प नभएको महतोले बताए। ‘प्रदेश नम्बर दुईको राजधानी जनकपुर र नाम मधेश प्रदेश हुँदा सबैको भावना समेटिन्छ,’ उनले भने।

महतोले प्रदेश र राजधानीको नाम प्रदेश सभा बैठकले टुङ्ग्याउने र उसैको अधिकारको विषय भएको प्रस्ट्याए। वर्तमान संघीय सरकार प्रत्येक कुरामा असफल हुँदै गएको बताएका महतोले सरकारलाई दिँदै आएको समर्थन फिर्ता हुनसक्नेतर्फ पार्टीभित्र पनि छलफल भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed