Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडाैँ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले छानबिन समिति बनाएको छ । मन्त्रालयले गठन गरेको आन्तरिक समितिले दुबै पक्षमाथि छानबिन गरेर वास्तविकता बाहिर ल्याउनेछ ।

यसअघि परराष्ट्रले घटनाबारे छानबिन गर्न राजदूत शेर्पालाई काठमाडौं बोलाएको थियो। शेर्पामाथि उनका पूर्वचालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि विवाद सुरू भएको हो।

मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका वाड्चुको आरोप छ।

अष्ट्रेलियास्थित नेपाली राजदूतावासले भने निकै बदमास रहेका वाड्चुले बहुमूल्य गरगहना चोरेर भागेको र स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed