Breaking News.... EverestOnlineKhabar
April 30, 2026

शेयर लगानीकर्ताले मागे अर्थमन्त्री खतिवडाको राजीनामा

Loading

काठमाडौँ ।  शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौँमा अनसन सुरु गरेका छन्। राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै शेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गरेर भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेको हो।

तत्काल विशेष कार्यक्रम ल्याई शेयर कारोबारलाई सहज नबनाए देशभरका शेयर लगानीकर्ताहरु आमरण अनशन बस्न बाध्य हुने समूहका संयोजक हरी ढकालले जानकारी दिए। शेयर बजारका लागि सञ्चालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीले काम नगरेपछि शेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको राजीनामा माग गरेका हुन्।

नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा ल्याउन नसकेपछि अर्थमन्त्रीको राजीनामा माग्नु परेको उनीहरुको भनाई छ। समूहले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न पनि सरकारलाई सचेत गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed