![]()
काठमाडौं । हिमालयन शेर्पा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा मछिन्द्र क्लबमाथि २–० को जीत हासिल गरेको छ ।
आशिष गुरुङको गोलबाट २१औं मिनेटमा अग्रता लिएको हिमालयन शेर्पाका लागि समय सकिन एक मिनेट बाँकी रहँदा कर्ण लिम्बुले दोस्रो गोल गरेका थिए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हासिल गरेको यो जीतपछि हिमालयन शेर्पा क्लब १० अंकका साथ लिग अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।


