![]()
काठमाडौं । सरस्वती युुथ क्बलले शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो दोस्रो जीत हात पार्न सफल भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा सरस्वतीले ब्रिगेड व्वाइज क्लब (बीबीसी) लाई २—१ गोल अन्तरले पराजित गरेको हो ।
रोमाञ्चक खेलमा सरस्वतीका विनोद केसीले खेलो तेस्रो मिनेटमा गोल गरेपछि पछि परेको बीबीसीका अब्दुु हामोद न्सीहाले ७ औं मिनेटमा सरस्वती विरुद्ध गोल फर्काएका थिए ।
पहिलो हाफको सुुरुआती १० मिनेटभित्रै १—१ गोलको बराबरी भएपनि पहिलो हाफको अन्तिमसम्म दुवै टिमले आफ्नो अग्रता दोब्बर बनाउन सकेका थिएनन् । तर, दोस्रो हाफमा दुवै टिमले आफ्नो अग्रता बढाउन प्रयास गरेपनि सरस्वती सफल भयो ।
५२ मिनेटमा सरस्वतीले विदेशी खेलाडीको कोटामा टिममा भित्र्याएका ओकेछुक्बुले गोल गरेपछि अग्रता लिएको सरस्वतीलाई बीबीसीले रोक्न असफल रह्यो भने सरस्वतीका लागि उनको गोल नै निर्णायक बन्यो ।
जितसँगै सरस्वतीले ६ अंक जोडेको छ भने पराजित बीबीसीको ३ अंक रहेको छ ।


