Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मङ्गल ग्रहमा ‘इन्साइट’ रोबोटको सफल अवतरण, नासामा हर्षोल्लास

Loading

बीबीसी । अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मङ्गल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एउटा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ। ‘इन्साइट’ नाम दिइएको अन्तरिक्षयानले निकै जोखिमपूर्वक सो रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो। अवतरण गर्नुअघि त्यो यान प्रतिघण्टा २० हजार किलोमिटरसम्मको गतिमा उडेको थियो।

सो रोबोटजडित यानको सहायताले मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्ने योजना छ। त्यो सफल भएमा मङ्गल ग्रह पृथ्वीपछि त्यस्तो अध्ययन गरिने दोस्रो ग्रह हुनेछ। इन्साइट रोबोटले ग्रेनिच समयानुसार १९:५३ बजे मङ्गल ग्रहमा अवतरण गरेको थियो।

अवतरण गर्दा इन्साइट रोबोटले उद्विग्न भएर प्रतीक्षा गरिरहेका वैज्ञानिकहरूलाई शृङ्खलाबद्ध रूपमा सूचना पठाएको थियो। मङ्गल ग्रहमा इन्साइटले सफलतापूर्वक अवतरण गरेको र त्यो सकुशल रहेको पुष्टि भएपछि क्यालिफोर्नियास्थित नासाको प्रयोगशालामा वैज्ञानिकहरूले हर्षोल्लास गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed