![]()
काश्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्लामै कालोझण्डा देखाइएको छ। सोमबार विहान आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पर्यटनमन्त्री अधिकारीलाई पोखराको सृजना चोकमा युवाहरुको समूहले कालोझण्डा देखाएका हुन ।
मन्त्री अधिकारीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ६ जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ। मन्त्री अधिकारीलाई कालो झण्डा देखाउने नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्टलाई पक्राउ गरिएको छ।
वाइडबडी जहाज खरिज प्रकरणको विवादमा परेकाले मन्त्री अधिकारीलाई कालोझण्डा देखाइएको उनीहरुले बताएका छन्।


